शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस मतगणना आजै, तीन घण्टामै नतिजा अाउने

सोमबार, २४ फागुन २०७२, १९ : ००
सोमबार, २४ फागुन २०७२
काठमाण्डाै - काग्रेस सभापतिका लागि भएको दोश्रो चरणको निर्वाचनको मत गणना आज आज ८ बजेदेखि हुने भएको छ । काँग्रेस नेता विमलेन्द्र निधीका अनुसार निर्वाचन समितिसंगको बैठकपछि आजै मतगणना गर्ने निर्णय भएको हो । ‘यो काम निर्वाचन समितिको हो तर उहाँहरुले हामीसंग एजेण्टको नाम माग्नुभएको छ’ उनले भने गणना आजै हुन्छ ।’ मतगणना राष्ट्रिय सभागृहमै हुने भएकाे छ ।  यसैबीच निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार सभापतिको मतपरिणाम करीब तीन घण्टामा सार्वजनिक हुनेछ ।  ‘बढीमा तीन ठाउँमा गणना सुरु गछौं’, उनले भने, ‘कुनै प्राविधिक समस्या नआए तीन ण्टामा नतिजा आइसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप