रोनाल्डो कि मेस्सी उत्कृष्ट भन्ने विवादमा साथीको हत्या
मुम्बई – मेसी र रोनाल्डोमध्येको उत्कृष्ट भन्ने बहसले सधैँ फुटबल फ्यानहरुलाई विभाजित गर्दै आएको छ । तर अझै बहसको शृंखला टुंगिएको छैन् । प्राय: यसलाई चिया गफका रुपमा लिइन्छ । तर भारतमा पछिल्लो समय यसै बहसले एक व्यक्तीको ज्यान लिएको छ ।
स्पेनिस न्यूज एजेन्सी इएफइका अनुसार एक व्यक्तीले ला–लिगाका दुई सुपरस्टार खेलाडीबीच अको उत्कृष्ट भन्ने विषयमा चर्को बहस हुदाँ आफ्नै साथिको हत्या गरेका छन् । मुम्बईमा दुई नाइजेरियाली साथि जन्मदिनको पार्टी मानइरहेका थिए । स्थानिय प्रहरी किरण कवडीकाअनुसार दुई मानिस नालासोपारा गाउँमा गएका थिए । ३४ वर्षका ओविन्ना माइकल दुरुमचुकवा मेसी र रोनाल्डोको विषयमा आफ्ना साथि २२ वर्षका नवाबू चुकवुमासँग विवाद गरे । विवादकैबीच ३४ वर्षका माइकलले साथिमाथि बोतल प्रहार गरे । त्यसपछि २२ वर्षका नवाबूले बोतलको फूटेको सिसा उठाए र आफ्नै साथिको घाँटी रेटे ।
२२ वर्षका नवाबू अहिले तुलिन्ज जेलमा कैद छन् । मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसलाई लिएर आपराधिक घटना घटेको यो नै पहिलो पटक भने होइन । यसै वर्ष लियोनल मेसीले फिफा बेलो डि अर जितेपछि एक व्यक्तीले पोर्चुगलस्थित घरनजिकै रहेको क्रिष्ट्रियानो रोनाल्डोको शालिक तेडफोड गरेका थिए । रोनाल्डोको गृहशहर फुन्चालमा रहेको यस शालिकमा अहिले लियोनल मेसीको जर्सी नम्बर १० र नाम स्प्रेले छरेर लेखिएको छ । यस साता रोनाल्डो र मेसी दुबैले आफ्नो क्लबका लागि उत्कृष्ट खेले । रोनाल्डोले युरोपेली लिग फुटबलमा सबैभन्दा छिटो ३ सय ५० गोल पुरा गर्ने क्रममा सेल्टा भिगो विरुद्ध रियाल म्याड्रिडले ७–१ को जीत निकाल्दा ४ गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण