शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस सभापतिमा देउबा विजयी

सोमबार, २४ फागुन २०७२, २३ : ००
सोमबार, २४ फागुन २०७२
कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । रामचन्द्र पौडेललाई ५२७ मतले पछि पार्दै देउवा सभापतिमा विजयी भएका हुन् । कुल ३१ सय २० मत खसेकोमा देउवाले १८२२ मत पाएका छन् भने पौडेलले १२९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म् १९०० मत गणना भएको छ भने ६ मत बदर भएको छ । देउवा १०६२   पौडेल ७९६ ---------------------------------------- अहिलेसम्म १३ सय मत गणना भएको छ । नेपाली काँग्रेसको सभापतिमा मतगणनाको पहिलो चरणमा शेर बहादुर देउवा १ सय ४१ मतले अगाडी रहेका छन् । ९ सय मत गणना हुँदा देउवाको ५१८ र पौडेलको ३७७ मत प्राप्त भएको हो ।  कुल ३१ सय २० मत खसेकोमा अव २२४० गन्न बाँकी छ । --------------------------------------------   काठमाडौं, फागुन २४– भेटिएका १४ ओटा नमुना मतपत्र रद्द भएका छन् । निर्वाचन समितिले नमुना मतपत्रलाई बदर गर्ने निर्णय गरेसँगै अवरुद्व मतगणना कार्य सुरु भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।   थप भेटिएका १४ मतपत्र बजारमा भेटिने नमुना मतपत्र भएको  मतदान अधिकृत सुनिल पाण्डेले जानकरी दिए । ........................................................... काठमाडौं, फागुन २४– कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भइसकेपछि विवाद सुरु भएको छ । मतपेटिका खोलेर गिन्ती गर्दा खसेको भन्दा बढी मत पाइएपछि विवाद भएइको हो । कांग्रेस निर्वाचन आयोगका एक अधिकारीका अनुसार खसेको भन्दा १४ मत बढी देखिएको छ । निर्वाचनमा ३१२० मत खसेकोमा मतगणनाको लागि गिन्ती गर्दा ३१३४  मत देखिएको हो । धेरै देखिएका मतपत्रको विवाद कसरी समाधान गर्ने भन्नेबारे छलफल भैरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । -----------------------------------------------------------

नेपाली कांग्रेसको दोस्रो चरणमा भएको मतदानको मतगणना सुरु भएको छ । केहि बेरअघि राष्ट्रियसभामा मतगणना सुरु भएको हो ।  निर्वाचन समितिका अनुसार मतगणना सुरु भएको तीन घण्टाभित्रै नतिजा आउनेछ ।  सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिश्पर्धा हुँदैछ ।

--------------------------------------------

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत सभापति पदको निर्वाचनको मतगणना केही बेरअघि शुरु भएको छ । आज मतगणना गर्ने कि नगर्ने विवादबीच ८ बजेबाट शुरु गर्ने भनिएको मतगणना राष्ट्रिय सभागृहमा केही बेर ढिला शुरु भएको हो ।

पहिलो चरणको मतदानबाट नतिजा नआएपछि काँग्रेस महाधिवेशनमा दोश्रो चरणको मतदान आज भएको हो । राष्ट्रिय सभागृह भृकुटिमण्डपमा भएको मतदान पौने ७ बजे सकिएको हो । दोश्रो चरणको निर्वाचनमा ३१ सय २० मत खसेको छ । कुल ३१ सय ६१ महाधिवेशन प्रतिनिधी रहेकोमा ४१ जनाले भोट हालेका छैनन् । हिजो भएको पहिलो चरणको निर्वाचनमा ३१ सय ४८ जनाले मतदान गरेका थिए । सभापतिका तीन दाबेदारमध्ये कृष्णप्रसाद सिटौला पहिलो चरणबाट बाहिरिएपछि आज रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप