सभापति बाहेक अन्य पदको मतगणना पार्टी कार्यालय सानेपाबाट
मङ्गलबार, २५ फागुन २०७२, ११ : १०
काठमाडौँ – नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री र कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यको मतगणना मङ्गलबार दिउँसोदेखि सुरु गरिने भएको छ ।
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार काँग्रेसको पार्टी कार्यालय सानेपामा मङ्गलबार १३ः३० बजेदेखि मतगणना सुरु हुनेछ । राष्ट्रिय सभागृहमा सभापतिको मतगणना आज सम्पन्न भयो ।
काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ८२२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए भने अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि पहिलो चरणको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण