शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

देउवा विजयी भएसँगै कांग्रेस नेताको प्रतिक्रिया : भागबन्डाको राजनीतिक अन्त्य हुन्छ

मङ्गलबार, २५ फागुन २०७२, ११ : १८
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौँ - नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएसँगै पार्टीभित्रको आन्तरीक जीवनमा भागबन्डाको राजनीति अन्त्य भएको नेताले प्रतिकृया दिएका छन् । राष्ट्रिय सभागृहमा सोमबार सम्पन्न सभापतिको मतगणनापछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता डा प्रकाशशरण महतले सभापतिमा निर्वाचित वरिष्ठ नेता देउवाको नेतृत्वले पार्टीलाई सहकार्य र एकताको पक्षमा अघि बढाउने बताए । उनले नवनिर्वाचित सभापति देउवाले पार्टी भित्र एकता र सहकार्यका आधारमा अघि बढ्दै संविधानको कार्यान्वयन र देशमा देखिएका चुनौतिका सामना गर्न विश्वास व्यक्त गरे । काँग्रेसका नेता रमेश लेखकले पार्टीको १३ औँ महाधिवेशनले काँग्रेसमा नयाँ नेतृत्व स्थापित भएको बताउदै संविधानको कार्यान्वयन, शान्ति, स्थिरता र सम्बृद्धि पार्टीको राष्ट्रिय एजेन्डा भएको उल्लेख गरे । अर्का नेता गुरुराज घिमिरेले पार्टीलाई आगामी दिनमा सन्तुलितरुपमा आगाडि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । सांसद् बीरबहादुर बलायरले काँग्रेसभित्रको भागबन्डाको राजनीति अन्त्य भई एकता र सहकार्यबाट नेतृत्व अघि बढ्ने बताए । पार्टी सभापतिमा वरिष्ठ नेता देउवा विजयी भएको घोषणासँगै मतगणनास्थल राष्ट्रियसभागृहको अगाडिको सडकमा काँग्रेसका नेता तथा कार्यकर्ताले विजयत्सोव मनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप