शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खोटाङमा आगलागी : पन्ध्र लाखभन्दा बढीको क्षति

मङ्गलबार, २५ फागुन २०७२, ११ : ३४
मङ्गलबार, २५ फागुन २०७२
खोटाङ - घर आगलागी हुँदा खोटाङमा नगद रु पाँच लाखसहित रु १५ लाख बढीको क्षति भएको छ । जिल्लाको पश्चिमी गाविस महादेवस्थान–४ हलेसीका दलबहादुर बस्नेतका दुईवटा घर तथा घरमा राखिएको नगद रु पाँच लाखसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको हो । सोमबार दिउँसो घरनजिकै बालेको आगोको झिल्को हावाले उडाएर छानामा पु¥याउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । आगलागीमा नगद रु पाँच लाख, एउटा खसी, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, काठपातलगायत जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागी सुरु भएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीका टोली तथा शेरगण मुढे ब्यारेकका सेना र स्थानीयवासी घटनास्थल पुगेपनि पानी नहुँदा तत्काल आगो निभाउन नसकिएको स्थानीयवासीले बताएका छन् । उद्धार टोली तत्कालै घटनास्थलमा पुगेकाले अन्य घरमा आगो फैलन भने नपाएको स्थानीयवासीले बताएका छन् । आगलागीमा घरविहीन भएका छजनाको बस्नेत परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप