शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

टुक्राटुक्रा पारेर गाडिएको शिशुको शव फेला

मङ्गलबार, २५ फागुन २०७२, १७ : ३६
मङ्गलबार, २५ फागुन २०७२

ताप्लेजुङ - ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्राटुक्रा पारी आलुबारीमा गाडिएको अवस्थामा फेला परेको छ । ताप्लेजुङ नगरपालिका–६ निवासी बलबहादुर लिम्बूको आलुबारीमा माटोले पुरेको अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ । शव टुक्रिएकाले लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा भेटिएको हो । टुक्रिएको शव सङ्कलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बूले उक्त नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप