मधेसमा सशक्त आन्दोलनको तयारी हुँदैछ : अध्यक्ष भण्डारी
गौशाला - राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत्सिंह भण्डारीले मधेसमा निर्णायक आन्दोलनको तयारी भइरहेको बताएका छन् ।
गृह जिल्ला महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार पत्रकार सम्मेलन गर्नुहुँदै अध्यक्ष भण्डारीले राज्य मधेस र मधेसीको मुद्दा सम्बोधन गर्न गम्भीर नभएको तथा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले देशमा संविधान कार्यान्वयन नहुने सम्भावना बढ्दै गएकाले अब मधेसमा चर्को आन्दोलन हुने बताए।
उहाँले एमाले तथा प्रधानमन्त्री केपी ओलीले मधेसीलगायत आन्दोलनरत पक्षको माग सम्बोधन गर्न अटेर गर्दै गएकाले अब देशमा शान्तिको सम्भावना कम भएको भन्नुहुँदै मधेसमा आन्दोलनरत पक्षले अन्तिम तथा निर्णायक आन्दोलनमा जुटिसकेको बताए ।
नेता भण्डारीले अबको आन्दोलन तराई मधेसमा नभएर काठमाडौँमा हुने पनि बताए ।
नेता भण्डारीले पछिल्लो समयमा प्रधान सेनापतिले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुहुँदै सेनाको काम देशको सीमा सुरक्षा, भौगोलिक अखण्डता कायम राख्नु र वैदेशिक आक्रमणकारीसित भिड्नु रहेको बताए ।
सत्ता समीकरणमा जाने भनी पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफ दिनुहुँदै नेता भण्डारीले जबसम्म सरकारले मधेसको मुद्दा सम्बोधन गर्दैन, तबसम्म आन्दोलनरत कुनै पनि मधेसवादी दलले सत्ता समीकरणमा सहभागिता नजनाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण