संविधान जारी भएयता १५० विदेशी महिलालाई अङ्गीकृत नागरिकता, अधिकांश भारतीय
बाँके (खजुरा) - नेपालको संविधान जारी भएयता झन्डै १५० विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कानुसार संविधान जारी भएको असोज ३ गतेपछि जिल्लामा १४१ विदेशी महिलाले नेपाली नागरिकता पाएका हुन् । संविधानको धारा १० को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बजोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ । त्यस्तै उपधारा ७ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुलुकको नागरिकसँग विवाह गरेको नेपाली महिलाबाट जन्मिएको व्यक्तिका हकमा निजले नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने उसले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । नेपाली नागरिकता पाउनेमा नेपालीसँग विवाह गर्ने भारतीय चेली हुन् । नेपालीसँग विवाह गरेका भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता धमाधम लिन थालेपछि नयाँ संविधानबारे उत्पन्न भ्रम पनि बिस्तारै हट्न थालेको छ । नेपालगन्जकी अप्सना बेहनाले अङ्गीकृत नागरिकता प्राप्त गरेपछि भन्नुभयो– “नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउँदैनन् भनेर हल्ला चलाइएको थियो, त्यो गलत रहेछ ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण