शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारतमा रहेका नेपालीलाई लक्षित गरी ग्लोबल र एस बैंकबीच रेमिट्यान्स सम्झौता

मङ्गलबार, २५ फागुन २०७२, १२ : ४६
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं –ग्लोबल आइएमई बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । भारतमा कार्यरत नेपालीहरुलाई सहज रुपमा रेमिट्यासन्स पठाउन सहयोग हुने उद्देश्यले उक्त सम्झौता गरेको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र एस बैंक लि., भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे । हाल नेपालीहरुको बाक्लो उपस्थिती रहेको भारतमा यस रेमिट्यान्स सेवाबाट आफूले आर्जन गरेको रकम पठाउन छिटो र सरल हुने कम्पनीले विश्वास लिएको छ । उक्त सम्झौता अनुसार इण्डियामा स्थित एस बैंकको ४०,००० वटा एस मनि सर्भिसका एजेन्टहरु बाट सिधै रेमिट्यान्स पठाउन सकिने छ र पठाएको रकम ग्लोबल आइएमई बैंकको कुनैपनि शाखा कार्यालय वा देश भरि रहेका कुनैपनि आइएमई एजेन्ट वाट भुक्तानी लिन सकिने छ । हाल ग्लोबल आइएमई बैंकले इण्डियामा यूनाइटेड बैंक अफ इण्डिया र इण्डस्ट्रियल बैंक अफ इण्डियामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले आफनो स्थापनाकाल देखीनै कतार, यु.ए.ई., बहराइन, इण्डिया, मलेसिया, कोरिया, जापान, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुको बैंक र एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोवारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप