शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उत्कृष्ट तीन महिला संस्था छनोट

मङ्गलबार, २५ फागुन २०७२, १३ : ०६
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौँ -  महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला, बालबालिका विभागले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा महिला विकास कार्यक्रमबाट प्रवद्र्धित महिला संस्थामध्ये तीनलाई उत्कृष्ट रुपमा छनोट गरी पुरस्कार दिने निर्णय गरेको छ । छनोट हुनेमा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि कोल्टी–३ बाजुरा, जनजागरण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि, कास्कीकोट–८ पोखरीचौर र शिवशक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लि, हाटीवनगाई–४ रुपन्देही छन् । पुरस्कारको राशि प्रतिसंस्था रु एक लाख रहेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप