शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकको तयारी तीव्र

मङ्गलबार, २५ फागुन २०७२, १३ : १२
मङ्गलबार, २५ फागुन २०७२
    पोखरा - आगामी चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकका लागि तयारी तीव्र पारिएको छ । काठमाडौँ बाहिर पहिलो पटक गर्न लागिएको उच्चस्तरीय बैठकलाई प्रभावकारी बनाउने उद्देश्यका साथ क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । समितिअन्तर्गत नौ उपसमिति गठन गरिएको क्षेत्रीय प्रशासन कार्यालय, पोखराका शाखा अधिकृत ऋषिराम आचार्यले बताए। उहाँका अनुसार बैठकको तयारीस्वरुप पोखरामा बाटोघाटो निर्माण र सरसफाइका साथै स्वागतद्वार निर्माण लगायत कामलाई तीव्रताका साथ अघि बढाइएको छ । बैठकको मूल कार्यक्रम होटेल ग्रान्डमा गरिने जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप