शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लागुऔषधको कुलतबारे प्रहरीको सडक नाटक

मङ्गलबार, २५ फागुन २०७२, १३ : ४२
मङ्गलबार, २५ फागुन २०७२
सिरहा –लागुऔषध विरुद्दको अभियान भन्ने मुल नाराका साथ सिरहो गोलबजार नगरपालिकाका बिभिन्न स्थानमा ईलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषध दुव्र्यसनीसम्बन्धि जनचेतना मुलक सडक नाटक प्रदर्शन गरेको छ । दलित जनकल्याण युवा क्लव लहानको सहयोगमा ईलाका प्रहरी कार्यालय गोलबजारद्वारा नाटक प्रदर्शन गरिएको हो । उक्त नाटकमा ईलाका प्रहरी कार्यालय गोलबजारका कार्यालय प्रमुख तथा इन्सपेक्टर सन्तोष निरौलासहितको प्रहरी टोली पात्रको रुपमा समेत सहभागी भएका थिए । जनचेतनामुलक उक्त नाटक हेर्न सर्वसधारणको घुइचो लागेको थियो । नाटक हेर्ने दर्शकहरुलाई गोलबजार प्रहरीले तयार पारेको लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतनामुलक हाते पुस्तिकासमेत वितरण गरिएको छ । नाटक हेर्न एक यूवकले आफू लागुऔषध सेवन गर्ने गरेको र अब यो नाटक हेरेपछि कहिल्यै सेवन नगर्ने प्रतिवद्धता समेत जनाए । लागुऔषध सेवन गर्नेलाई हुने कानुनी कार्वाहीको विषयमा पनि जानकारी गराइएकोले यस किसिमको प्रशिक्षणबाट युवाहरु लागुऔषधबाट टाढै बस्न सघाउने प्रहरीको विश्वास छ । सिरहाका अधिकांश युवा युबतीहरु लागुऔषध को कुलतमा फसेको प्रहरीले जनाएको छ । नेपाल भारतको खुला सीमा भएकाले सिरहाका युवाहरु भारतबाट विभिन्न किसिमको लागुऔषधको ओसारपसार र सेवनमा लाग्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप