शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पपछि मानवतस्करी : दोलखामा मात्र ५८ बेपत्ता

मङ्गलबार, २५ फागुन २०७२, १४ : २९
मङ्गलबार, २५ फागुन २०७२
दोलखा - भूकम्पपछि यहाँ ५० जना बढी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०७२/०७३ को साउनदेखि यतासम्म गरेर आठ महिनामा जिल्लाका दुई नगरपालिका र २९ गाविसबाट ५८ जना बेपत्ता भएको उल्लेख छ । कार्यालयको तथ्याङ्कअनुसार ८० जना हराएको निवेदन परेकामा ३० जना सम्पर्कमा आएका छन् भने बाँकी अझै बेपत्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए । निरीक्षक सुनुवारले बेपत्ता हुनेको कारणसहित अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार हराएकामा सबैभन्दा बढी बालबालिका, किशोर र ज्येष्ठ नागरिक छन् । तथ्याङ्कनुसारबेपत्ता हुनेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट १३ र कममा सुष्पाक्षमावती गाविसबाट आठ तथा जिरी नगरपालिकाबाट सात छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप