रामचन्द्रले दिए शेरबहादुरलाई बधाई
काठमाडौं– नवनिर्वाचित कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । उनी देउवासँग सभापतिमा पराजित भएका थिए । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’ उनले पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट विचलित नभई पार्टी, देश र जनताको पक्षमा लाग्न देउवालाई सुझाव दिँदै कार्यसफलताको शुभकामना दिएका छन् । यस्तै उनले महाधिवेशनमा संयमका साथ आफूलाई मतदान गर्ने सबै प्रतिनिधि तथा शुभेच्छुकहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । ‘निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आह्वान गर्दै म सदैव तपाईहरुको साथमा रहनेछु । महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण साथीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ’, पौडेलले विज्ञप्तीमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण