कांग्रेसको महामन्त्री र कोषाध्यक्षमा रामचन्द्र पौडेल प्यानल विजयी
पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको मतगणनामा महामन्त्रीतर्फ रामचन्द्र पौडेल प्यानलका शशांक कोइरालाले अग्रता लिएका छन् । शशांक कोइरालाले १३४७ मत ल्याएका छन् भने कृष्ण सिटौला प्यानलका गगन थापाले ५३७ मत ल्याएका छन् । यस्तै शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसीले ९८३ मत ल्याएका छन् ।
यस्तै कोषाध्यक्षतर्फ सिटौला प्यानलका उमाकान्त चौधरी ले ४३५ , पौडेल प्यानलका सितादेबी यादवले ११९७ , देउबा प्यानलका चित्रलेखा यादवलेब ११९४ र स्वतन्त्र उम्मेदवार कृष्ण कार्कीले ६३ मत ल्याएका छन् । मतगणना पार्टी तीन समुह बनाएर गणना भइरहेको र बेलुकासम्ममा दुबै पदको नतिजा आइसक्ने अपेक्षा गरिएको छ । कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत आइतबार पदाधिकारीसहित केन्द्रीय सदस्यको निर्वाचन भएको थियो । जसमध्ये सभापतिमा देउवा विजयी भइसकेका छन् भने केन्द्रिय सदस्यतर्फको मतगणना आज महामन्त्री र कोषाध्यक्षको सकिएपछि भोलि हुने जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण