फोटोग्राफरसँग रुष्ट कैटरीना : प्रहरीमा उजुरी गर्ने चेतावनी
मङ्गलबार, २५ फागुन २०७२, १४ : ५४
मुम्बई – कैटरीना कैफ शुक्रबार आफ्नो म्यानेजर रेमा शेट्टीसँगै मुम्बईका बान्द्रामा नयाँ घर खोज्दै थिइन् । त्यति नै बेला उनलाई पछ्याउँदै केही फोटोग्राफर त्यहाँ पुगे । व्यक्तिगत काममा हिँडेको बेला पनि फोटोग्राफहरुले नछाडेपछि कैट्रिना रुष्ट भइन् । उनले फोटोग्राफरहरुलाई चेतावनी दिइन् । उनले भनिन्, ‘तिमीहरु मेरो पछि किन पर्दैछौ ? यसपछि पनि यस्तो भयो भने म प्रहरीमा उजुरी गर्छु ।’ फोटोग्राफरलाई त्यसरी धम्क्याएपछि कैट्रिना आफ्नो कारमा चढेर हिडेकी थिइन् ।
ब्रेकअपअघि कैटरिना रणवीरसँगै कार्टर रोडस्थित एक अर्पाटमेन्टमा बस्थिन् । त्यसपछि उनी आफ्नो पुरानो ठेगाना (गुलदेवनगरस्थित एक अपार्टमेन्ट) फर्किइन् । यहाँ उनलाई केही समस्या भएकाले उनी नयाँ घरको खोजीमा छिन् ।
चर्चामा रणवीर कैटको ब्रेकअप यस वर्षको सुरुआतबाटै बलिउडमा रणवीर र कैट्रिनाको ब्रेकअपको समाचार चर्चाको विषय बनिरहेको छ । यसअघि गत वर्षको अन्त्यमा उनीहरुबीच मनमुटाव परेको समाचार बाहिर आएको थियो । तर क्रिसमस पार्टीमा दुबै एकसाथ उपस्थित थिए । जनवरीको पहिलो साता रणवीरले कैट्रिनासँगै बस्दै आएको अपार्टमेन्ट छाडेको खबर आयो । यसअघि रणवीर र कैट्रिना त्यस अपार्टमेन्टमा ६ महिना बसेका थिए । ब्रेकअपका विषयमा अहिलेसम्म दुबैले केही बोलेका भने छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण