नेपालमा टर्किस बेली डान्स
आगामी बिहीबार र शुक्रबार काठमाडौंको होटल याक एण्ड यती र शनिबार पोखराको होटल पोखरा ग्राण्डीमा टर्किस बेली डान्स गर्न लागिएको हो । कार्यक्रममा टर्कीका कलाकारहरुद्वारा बेली डान्स गरिने आयोजकले जनाएका छन् । बेली डान्समा टर्कीका चार जना कलाकार प्रस्तुत हुनेछन् । कार्यक्रममा जितु नेपाल, सुष्मा कार्कीलगायतले समेत विशेष प्रस्तुति पस्कनेछन् । कार्यक्रमबाट दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बन्ने र देशको आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने विश्वास राखिएको आयोजकले जनाएका छन् । कार्यक्रममा संकलित रकमको केही अंश भूकम्प पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने तथा केही अंश नेपाल टर्की चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजलाई उपलब्ध गराईने आयोजकले संस्थाले जनाएको छ ।
विभिन्न सभ्यताको उद्गम स्थलका रुपमा चिनीने टर्की कला, धर्म संस्कृति र परम्परागत संगीत तथा नृत्यलगायतका साथ बेली डान्सले पनि विश्वमाझ चिनिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण