शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कहिले आउँछ महामन्त्री र कोषाध्यक्षको नतिजा ?

मङ्गलबार, २५ फागुन २०७२, १५ : २८
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं– कांग्रेस महामन्त्री र कोषाध्यक्षको नतिजा आज बेलुका ६ बजेभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले तीन स्थानमा कोषाध्यक्ष र महामन्त्रीको मतगणना चलिरहेको भन्दै बीचमा कुनै प्राविधिक समस्या नआए साँझ ६ बजेभित्र सम्पूर्ण नतिजा आइसक्ने रातोपाटीलाई जानकारी दिए । महामन्त्री र कोषाध्यक्षतर्फको मतगणना पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ । महामन्त्रीतर्फ रामचन्द्र पौडेल प्यानलका शशांक कोइराला , कृष्ण सिटौला प्यानलका गगन थापा , शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसी प्रतिश्पर्धी रहेका छन् । यस्तै कोषाध्यक्षतर्फ सिटौला प्यानलका उमाकान्त चौधरी , पौडेल प्यानलका सितादेबी यादव , देउबा प्यानलका चित्रलेखा यादव र स्वतन्त्र उम्मेदवार कृष्ण कार्की प्रतिश्पर्धी रहेका छन् । कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत आइतबार पदाधिकारीसहित केन्द्रीय सदस्यको निर्वाचन भएको थियो । जसमध्ये सभापतिमा देउवा विजयी भइसकेका छन् भने केन्द्रिय सदस्यतर्फको मतगणना आज महामन्त्री र कोषाध्यक्षको सकिएपछि भोलि हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप