देउवाको गृहजिल्लामा हर्षोल्लास
मङ्गलबार, २५ फागुन २०७२, १५ : ३४
डडेल्धुरा - नेपाली काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको १३औँ महाधिवेशनबाट सभापति पदमा विजयी भएको खुसियालीमा गृहजिल्लामा विजय जुलुस निकालिएको छ ।
आज बिहान निकालिएको खुसियाली तथा विजय जुलुसमा नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । विजय जुलुसमा बच्चादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको थियो । “देउवाको विजयले हाम्रो गौरव बढाएको छ” विजय जुलुसमा सहभागि समैजी–१ का ८२ वर्षीय लालबहादुर दमाईँले भने।
देउवा सभापतिमा विजयी भएको अवसरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले एकआपसमा खुसियाली तथा शुभकामना आदानप्रदान गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण