शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ठप्प भएको रसुवागढी नाकाबाट चिनियाँ सामग्री भित्रन थाल्यो

मङ्गलबार, २५ फागुन २०७२, १५ : ४०
मङ्गलबार, २५ फागुन २०७२
रसुवा - रसुवागढी नाकाबाट क्रमिकरुपमा चिनियाँ सामग्री नेपाल भित्रन थालेको छ । चिनियाँ भू–भागको तिब्बत क्षेत्रमा ल्होसार पर्वमा त्यहाँका व्यवसायी चाडपर्व मान्न केन्द्रित भएका कारण लामो समयसम्म सामान आयात ठप्प भएको थियो । भन्सार अधिकृत श्याम बस्नेतका अनुसार पहिलो चरणमा स्याउ आयात भइरहेको र अन्य सामान आउनेक्रम जारी रहेको छ । सामान परीक्षण र जाँचपासका लागि यथेष्ट जनशक्ति तैनाथ भइसकेको भन्सार कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप