कांग्रेस कोषाध्यक्षतर्फको मतगणनामा ढिलाई
मङ्गलबार, २५ फागुन २०७२, १५ : ४८
काठमाडौं– कांग्रेस कोषाध्यक्षतर्फको मतगणनाको अपडेट सार्वजनिक गर्न ढिलाई भएको छ । चार उम्मेद्वार रहेकाले मतपरिणाम जोड्न समय लाग्ने भएकाले अपडेटमा ढिलाई भएको निर्वाचन समितिले जनाएको छ । महामन्त्री र कोषाध्यक्षको मतगणना एकैचोटी सुरु हुँदा कोषाध्यक्षको ३०० मतको अपडेटमात्रै बाहिर आएको छ । महामन्त्रीको भने हजार मतको अपडेट बाहिर आएको छ । कोषाध्यक्षतर्फ सिटौला प्यानलका उमाकान्त चौधरी ले १४५ , पौडेल प्यानलका सितादेबी यादवले ३६९ , देउबा प्यानलका चित्रलेखा यादवले ४०० र स्वतन्त्र उम्मेदवार कृष्ण कार्कीले २७ मत ल्याएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण