शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यसकारण पछि परे अर्जुननरसिंह केसी, गगनको पनि भूमिका

मङ्गलबार, २५ फागुन २०७२, १६ : १५
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं– संस्थापन निकटका नेता मानिने नेता अर्जुननरसिंह केसी चुनावको मुखमा एकाएक देउवा क्याम्पमा प्रवेश गरे । पदाधिकारीमा चुनाव लड्ने रणनीतिमा लागेका उनले संस्थापनबाट स्थान नपाएपछि शेरबहादुर देउवा क्याम्पमा लागेको कांग्रेस बृत्तमा चर्चा छ । देउवा क्याम्पमा पुगेसँगै महामन्त्रीको उम्मेद्वार बनेका उनी पहिलो पटक पदाधिकारी बन्ने योजनामा छन् । यद्यपी कांग्रेसको सानेपामा जारी महामन्त्रीको मतगणनामा उनी पछाडि परेका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार उनी संस्थापनका उम्मेद्वार सशांक कोइरालाभन्दा निकै पछि रहेका छन् । यसो त अर्का उम्मेद्वार गगन थापा केसी भन्दापनि पछि रहेका छन् । कांग्रेसभित्र कनिष्ट भएपनि महामन्त्रीको उम्मेद्वारी दिएका गगनले कम मत ल्याएपनि सन्तोषजनक मत ल्याएको जानकारहरु बताउँछन् । गगन प्यानलका सिटौलाले सभापतिमा निकै कम भोट ल्याएका थिए । यसरी गगन सम्मानजनक भोट ल्याउँदा केसीको भोट घटेको छ भने वीपी पुत्र शशांकलाई फाइदा पुगेको छ । गुट परिवर्तन गरेर देउवामा लाग्नु, देउवा पक्षले पनि मन नपराउनु र आफ्नै ज्वाई गगनले भोट काटिदिँदा केसी पछि परेको कांग्रेसी नेताहरु तर्क गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप