शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

श्रीमानलाई दोश्रो विवाहको दबाब दिएँ : नेतृ भण्डारी

मङ्गलबार, २५ फागुन २०७२, १९ : २१
मङ्गलबार, २५ फागुन २०७२

पहिलो संविधान सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्वर १ बाट सभासदको उमेदवारी दिइन् तर पराजित भइन् । चुनावमा भएको खर्च तिर्न भएको खेत नै बेच्नुपर्यो । दोस्रो संविधान सभाको चुनावताका उनका श्रीमानको मृत्यु भयो । श्रीमानको करिया बसिरहँदा उनको पार्टी नेकपा एमाले भित्र छँदा को–कसलाई उमेदवार बनाउने भन्ने विषयमा छलफल चल्दै थियो । त्यही बेला पार्टीले उनलाई टिकट दिने प्रस्ताव राख्यो । दुःखमा परेपनि उनले साहस गरिन् र उठ्ने निर्णय पार्टीलाई दिईन् । अन्ततः श्रीमानको किरियाबाट निस्केको ६ दिनमा उनले सदरमुकाम तम्घास आइन् र उमेदवारी दर्ता गरिन् । पति वियोगको पिडा लुकाएर उनी गाउँ–गाउँमा साथीहरुसँग चुनाव प्रचारमा हिँडिन् तर दोश्रो संविधान सभा चुनावमा पनि उनी झिनो मतले हारिन् । तर, अझै पनि उनको मनोबल भने हारेको छैन । उनी हुन् गणतन्त्र नेपाल घोषणपछि गुल्मीबाट संविधान सभा चुनावमा सभासादको प्रत्यक्ष निवार्चनमा उमेदवारी दिने गुल्मीकी पहिलो महिला एमाले नेतृ मैना भण्डारी । अडम्य साहस भएकी भण्डारीले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्न दबाब दिन समेत पछि परिनन् । २०३७ साल देखि निरन्तर राजनीतिमा सक्रिय भण्डारी संग १०६ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा सहकर्मी प्रेम सुनारले कुराकानी गर्नु भएको छ । कति सालदेखि एमालेको राजनीतिमा लाग्नु भएको हो ? पोखराको पिएन क्याम्पसमा बढ्दा २०३७ साल देखि अनेरास्ववियुबाट मेरो राजनैनीति सुरु भएको हो । कसको प्रेरणाबाट ? मेरो माईती गाउँ कुर्घामा राजनैतिक माहोल पहिल्लै देखि चल्ने गर्दथ्यो । मेरा पिता भक्तबहादुर विष्ट पुराना समाज सेवी हुनुहुन्थ्यो । विशेषतः उहाँको प्रेरणा र त्यति बेलाका नेता कमरेड शिद्धिनाथ ज्ञवाली , टंक पोखरेल, कमल श्रेष्ठ र वमबहादुर खड्काको प्रशिक्षणबाट राजनीतिमा खरो उत्रेकी हुँ । अहिले पार्टीको कुन जिम्मेवारीमा हुनु हुन्छ ? राष्ट्रिय प्रतिनीधी परिषद सदस्य र अनेम संघको केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी अञ्चल कमिटी ईन्चार्जको जिम्मेवारी सम्हालेकी छु । पहिलो संविधान सभा निर्वाचनमा पार्टीले टिकट देला भन्ने सोच्नु भएको थियो ? अहँ सोचेकी थिईन् वरु समानुपातिकमा पार्छ होला भन्ने आशा राखेकी थिएँ । तर, एक्कासी रामनाथ ढकाल र पछि माधवकुमार कमरेडको फोन आयो र पो दंग परे । उहाँहरुले तपाईलाई टिकट दिएका छौं जित्नु होला भन्नु भयो हुन्छ भनेर लडे तर भारी मतले पछाडी परे आखिर चुनाव माओवादीका सुदर्शन वरालले जिते । त्यति वेला चुनावको ऋण तिर्न मुस्किल परे पछि खेतै बेच्नु प¥यो अरे नि हो ? हुन त हो तर यस्ता कुरा बाहिर ल्याउन हुन्न । श्रीमानको कुनाबाट निस्केर चुनाव लडेकी महिलालाई जनताको सहानुभुति जान्छ त्यसै पनि क्षेत्र नम्वर १ बाट एमाले कि मैना भण्डारीले जित्छिन् भनेर आंकलन गरिन्थ्यो तर हार्नु भयो नि ? खास त मैले हारेकी होइन् । जनताले जिताए कै हुन तर मेरा ९ सय भोट बदर हुँदा कांग्रेसका कृष्ण छन्त्यालले ८१ मत अन्तरल जित्नु भएको हो । अब फेरीको चुनावमा लड्नु हुन्छ ? अहँ अब लड्दिन । देख्नु भएन गत संविधान सभा चुनावमा देशभरबाट २५ जना महिला प्रत्य्क्षमा उठ्दा जम्मा तिन जनाले मात्रै जिते । अझै पनि हाम्रो समाजमा महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता स्वयम महिला मैं छ । त्यसैले अब लड्दिन बरु पार्टीले समानुपातिकमा पार्छ की भन्ने आशा मरेको छैन ।

अहिलेको संविधानले महिलालाई दिएको अधिकारी सबै कार्यन्यवन होलान् ? मुस्किलै छ । अहिले पनि हाम्रो समाजमा पितृ सत्तात्मक सोच हावी छ । त्यसलै पनि कार्यन्वयन पक्ष फलामको चिउरा सावित हुने देख्छु । जस्तै छोरीलाई पैतृतक सम्पत्तीमा समान अधिकार, लैङ्गिक विभेदको अन्त्य जस्ता संविधानले दिएको अधिकार कार्यन्वयनमा फलामको चिउरा भएका छन् । अहिले वाम एकताको चर्चा छ , तपाई पनि त्यसको पक्षमा हुनुहुन्छ ? किन नहुने ? ७० प्रतिशत कम्युनिष्ट भएको देशमा टुटफुटका कारण यस्तो भएको छ । वाम एकताको खाँचो छ । शिद्धान्त र विचारको घेराबाट अव हरेक वामपन्थी पार्टी निस्कीनु पर्छ । राजनिती गर्ने क्रममा के कस्तो भोगाईको अनुभव छ ? २०३८ सालमा पोखरामा अनिता सुनिता हत्या काण्डको विरोधका क्रममा गिराप्तारीमा परे । त्यो पुर्व राजा ज्ञानेन्द्र शाह संग जोडिएको हत्या काण्ड थियो । सुनिता अनितालाई वलात्कार गरी मारेर सेती नदीमा फालिएको विरोधमा ठुलो आन्दोलन गरियो तर त्यतिकै दवाईयो । त्यस्तै म शिक्षण पेशामा रहेकोले २०५१/०५२ को शिक्षक आन्दोलनका क्रममा ३ पटक गिरफ्तार भएँ । अनि राजा ज्ञानेन्द्रले ‘कु’ गदार््को आन्दोलनमा पनि पटक पटक गिराफ्तारमा परेकी थिएँ । साँच्ची तपाईले पटक पटक श्रीमानलाई दोश्रो विवाह गर्न दवाव दिनु हुन्थ्यो रे नि किन ? म निसन्तान महिला हुँ । मेरा सन्तान भएनन् । म राजनीतिमा व्यस्त भएँ । शिक्षण पेशाले कहिले कहाँ कहिले कहाँ पुगे । श्रीमान (खिमबहादुर भण्डारी ) लाई धेरै पटक दोश्रो विवाह गर्नुहोस् भनेर दवाव दिएँ । उहाँले मान्दै मान्नु भएन् । महिला सन्तान जन्माउने मेशिन मात्रै होईनन् । अािखर सन्तान नभए पनि केहि फरक पर्दैंन । सन्तान विना पनि सुखत दाम्पत्य जिवन हुन्छ भन्दै विवाह गर्न मान्नु भएन । यस्ता श्रीमान विरलै हुन्छन् । श्रीमानको मृत्यु पश्चात म अहिले त्यो घरको एक्लो सदस्य भएकी छु तर पनि निरास छैन् । दाजुभाई छिमेकी र माईतीजनलाई मैले मेरो परिवार सम्झेकी छु । कोही महिलाहरु श्रीमानलाई घात गर्ने ,अनि कतिपयले चाँही घर पनि नगर्ने सम्वन्ध विच्छेद पनि नदिएर श्रीमानलाई घर न घाटको बनाउनेहरु पनि छन् । के भन्न चाहनुहुन्छ ? यो एकदमै बेठिक हो । त्यस्ता महिलाहरुलाई हामी अधिकारकर्मीहरुले तह लगाउन सक्नुपर्छ । आजकल त महिलाले सम्वन्ध विच्छेद मागे भने पच्चीस तिस लाखको गोजी भराईको बार्गेनिङ्ग अधिकारकर्मी महिलाहरुले गर्न थालेका छन् नि ? हो यो एकदम गलत संस्कारको थालनी भएको छ । उसको आयश्रोत र पैतृक सम्पत्तीको लेखा जोखा नगरी सदरमुकाममा बसेर मोलतोल गर्न हुँदैन् । उसको औकात हेरेर मात्र अदालतले आफै फैसाला गर्दा राम्रो हुन्छ । अन्त्यममा के भन्न चाहनुहुन्छ ? म ८ मार्चको सन्धर्व कोट्याउन चाहन्छु । सन १९११ देखि ठीक ८ मार्चको दिन फ्रान्सकी महिला करार जेटकिनले यो दिवस मनाउन सुरु गरेकी हुन् । त्यति वेला सम्म महिलालाई विश्वभर मताधिकार थिएन् । १९०९ मा त्यस विरुद्ध लडे महिलाहरु । श्रम शोषण विरुद्ध लडे । साम्राज्यवादी पुँजीवादीहरु संग लडे महिलाहरु । अव हामी नेपाली महिलाहरु पनि नयाँ संविधानले दिएका अधिकार कार्यान्वयन गराउन लड्नु पर्छ । आजको दिनले सवै महिलालाई त्यसै कुरामा लड्ने प्रेरणा र उर्जा दियोस् भन्ने शुभकामना दिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप