शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस मतगणना : महामन्त्रीमा सशांक, कोषाध्यक्षमा चित्रलेखाको अग्रता

मङ्गलबार, २५ फागुन २०७२, १२ : २८
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं, फागुन २५– नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्षतर्फको मतगणना भइरहँदा सशांक कोइराला र चित्रलेखा यादवले अग्रता लिएका छन् । महामन्त्रीका उम्मेद्वार कोइराला रामचन्द्र पौडेल प्यानलका हुन् भने यादव शेरबहादुर देउवा प्यानलका हुन् ।

महामन्त्रीका उम्मेद्वार  शशांक कोइरालाले  १२९४      मत ल्याएका छन् भने कृष्ण सिटौला प्यानलका गगन थापाले ५१२      मत ल्याएका छन् । यस्तै शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसीले ९६०   मत ल्याएका छन् ।

यस्तै कोषाध्यक्षतर्फ   सिटौला प्यानलका उमाकान्त चौधरी ले ४०२    , पौडेल प्यानलका सितादेबी यादवले १०८४     , देउबा प्यानलका चित्रलेखा यादवलेब १०७८     र स्वतन्त्र उम्मेदवार कृष्ण कार्कीले ५८    मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप