देउवा कांग्रेस सभापति बन्दैमा ओली सरकार ढल्दैनः उपप्रम मैनाली
काठमाडौ– उपप्रधान तथा महिला, बालबालिका एवम समाज कल्याण मन्त्री सीपी मैनालले चुनाव सम्मै केपी शर्मा ओली नेतृत्वको सरकार चल्ने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने–सरकारमा रहेका दलहरुहरु आफ्नो मान्यतामा कायम छन । त्यसैले यो सरकार चुनावसम्मै जान्छ । यो सरकार ढाल्ने खेलमा अहिले कोही पनि लाग्दैनन । यो गठबन्धनमा रहेका दलहरु ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा छन । काग्रेसको नेतृत्वमा अहिले सरकार बन्न सक्दैन । साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले केपी ओली नेतृत्वकै सरकारमा नेपाली काग्रेस सहभागि भए राम्रो हुने र त्यसमा आफूहरुको समर्थन रहने स्पष्ट पार्दै अहिले नै अर्को सरकार बन्ने हिसाव किताब नदेखिएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा पेट्रोलियम पदार्थ कारोवार, ब्यापार तथा पारवहन, काठमाडौसम्म रेल सेवा विस्तार, विजुली आयात, पर्यटन र पुर्ननिर्माण सम्झौता हुने जानकारी दिदै भारत आफैले ३० प्रतिसत आयात कटौती गरेर त्यसको बाटो खोलिदिएको दावी गरे ।
उपप्रधानमन्त्री मैनाली नेपालले ब्यापारको लागि भारतको मात्रै बाटो खोज्नु भुल भएको नाकाबन्दीले चेत खुलाएको भन्दै अब नेपालले असंलग्नताको नीतिसहित चीनसहितका मुलुकसँग सम्बन्ध विस्तार गर्नु पर्ने आवश्यकता आएको बताए ।
उपप्रधानमन्त्री मैनालीले भारत भ्रमणमा प्रधानमन्त्रीले खुलस्त कुरा राखेको र अनुचित सम्झौता नगरेको उल्लेख गर्दै चीन भ्रमणमा पनि उहाँले मुलुकको हित राख्ने विश्वास ब्यक्त गरे । नेपालको संविधान महिला मैत्रि बनेकोले महिलाको सामाजिक , आर्थिक, सास्कृति रुपमा सक्षम बन्ने ढोका खुलेको भन्दै अब नेपालमा महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण