कोषाध्यक्षमा पनि पौडेल प्यानल अगाडि
मङ्गलबार, २५ फागुन २०७२, १७ : १९
काठमाडौं– कांग्रेस महामन्त्री र कोषाध्यक्षको मतगणना जारी हुँदै गर्दा ताजास्थितिमा दुबै पदमा रामचन्द्र पौडेल प्यानलले अग्रता लिएको छ ।
ताजास्थितिमा महामन्त्रीतर्फ रामचन्द्र पौडेल प्यानलका शशांक कोइरालाले अग्रता लिएका छन् । शशांक कोइरालाले ९३१ मत ल्याएका छन् भने कृष्ण सिटौला प्यानलका गगन थापाले ३८३ मत ल्याएका छन् । यस्तै शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसीले ६९३ मत ल्याएका छन् ।
यस्तै कोषाध्यक्षतर्फ सिटौला प्यानलका उमाकान्त चौधरी ले २२९ , पौडेल प्यानलका सितादेबी यादवले ९३१ , देउबा प्यानलका चित्रलेखा यादवलेब ९३० र स्वतन्त्र उम्मेदवार कृष्ण कार्कीले ३० मत ल्याएका छन् । सितादेबीको चित्रलेखाको भन्दा एक भोट बढी हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण