शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महामन्त्रीमा शशांक विजयी

मङ्गलबार, २५ फागुन २०७२, १२ : ३१
मङ्गलबार, २५ फागुन २०७२

update : कांग्रेस महामन्त्रीमा विपी कोइरालाका नेता शशांक कोइराला विजयी भएका छन् । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट महामन्त्रीमा चुनाव लडेका उनी निकटतम् प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई हराउँदै विजयी भएका हुन् ।

-----------------------------

काठमाडौं– कांग्रेस महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांक कोइराला जीत नजिक पुगेका छन् । शशांक कोइरालाले  १२१०     मत ल्याएका छन् भने कृष्ण सिटौला प्यानलका गगन थापाले ४७७     मत ल्याएका छन् । यस्तै शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसीले ८८६  मत ल्याएका छन् । अब ४४८ भोट गन्न बाँकी भएपनि सुरु देखिको उनको लिडिङस्पिडलाई हेर्दा जीत पक्कापक्कीजस्तै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप