शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कुवेतमा एक नेपाली चेली कम्पनीकै हाकिमबाट बलात्कृत

मङ्गलबार, २५ फागुन २०७२, १७ : ३६
मङ्गलबार, २५ फागुन २०७२

कुवेत – कुवेतमा एक नेपाली महिला कम्पनीकै एक हाकिमबाट बलात्कृत भएकी छिन् । चितवन घर भएकी ३१ बर्षिय तामाङ थर भएकी महिला गत शुक्रवार बेलुका ४ बजेतिर उनको कम्पनीकै हाकिमबाट बलात्कृत भएकी हुन् । कुवेतको एक कम्पनी मार्फत अस्पतालमा वेटरको काम गर्ने ती महिलालार्इ कम्पनीको मानिसले ड्रेस साट्न जाऊ भनी उसको कोठामा लगी बलात्कार गरेको पीडित महिलाले बताइन् । पीडित महिला भन्छिन्, ‘पहिले शरीरमा नमिल्ने ड्रेस दियो । ड्रेस छोटो थियो । उसले आउ ड्रेस साट्न जाउँ भन्यो । उसैको गाडीमा ड्रेस साट्न भनेर गयौं । तर, एउटा ठुलो विल्डिङको कोठामा लग्यो र बलात्कार गर्यो । कसैलाई नभन्न धम्की दिएर छोडिदियो ।’ ८ महिना पहिले कुवेत आएकी ती महिलाको खासै कसैसँग चिनजान छैन । घटना पछि आफूले भेटेजतिलाई सो घटनाबारे बताए पनि केवल आश्वासन मात्र पाएको उनको गुनासो । ‘कसैले साथ दिएनन् बरु डर देखाए,’ उनी भन्छिन्, ‘बिरानो ठाउँमा बोलिदिने र सुनिदिने कोही छैन । अब के गरौ ?’ ‘इज्जत लुटियो म माथि अपराध भयो । अफिसमा फोन गर्दा घटना जटिल भएको र मिलाऊन नसकिने भन्दै धर्मेन्द्र नाम गरेको एक नेपालीले हल्ला नगर्न र चुप लाग्न दबाब दिएको छ,’ उनी बताउँछिन् । आइतबार दुताबास पुगे पनि दुताबासले खासै चासो नदिएको उनको आरोप छ । दुतावासका कर्मचारीले ‘२४ घण्टा नाघ्यो, उजुरी गर्न ढिला भयो,’ भन्ने जवाफ दिएको उनी बताउँछिन् । दुतावसबाट ‘हेरौं केही गर्न सकिन्छ’ भन्ने जवाफमात्र आफूले पाएको उनी गुनासो गर्छिन् ।

यस घटनाबारे कुरा गर्दै दुताबासकी श्रम सहचारी गोमा ढकाल भन्छिन्, ‘मुद्दा दर्ता गर्न भनेका छौ । प्रमाण पुगेसम्म न्यायका लागी सकेसम्म हाम्रो तर्फबाट सक्दो प्रयास हुनेछ ।’ ड्युटी जान कम्पनीले दबाब दिईरहेको भएपनि न्याय नपाएसम्म ड्युटी नजाने उनी बताउँछिन् ।’ बलात्कार गर्ने अरबी मुलको ब्यक्ति हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप