शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हम्मर प्रहार गरी श्रीमतीको हत्या

मङ्गलबार, २५ फागुन २०७२, १७ : ५३
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं – घरायसी विवादलाई लिएर श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फत्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने नुवाकोट छाप्रे–३ का ४१ वर्षीय कृष्ण के.सी रहेका छन् । केसीले आफ्नै श्रीमती सपना थापालाई ढुङ्गा फुटाउन प्रयोग गर्ने हम्मर प्रहार गरी हत्या गरेका थिए । घरायसी झगडाको कारण सोमबार केसीले ३५ वर्षीया थापालाई हम्मर प्रहार गरेका थिए । श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त के.सी.लाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप