शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पूर्वराष्ट्रपतिको गुनासोपछि आवास समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, २५ फागुन २०७२, १८ : ०९
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवको आवासमा समस्या भएको समाचार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको अवस्था बुझ्न आफ्ना स्वकीय सचिवलाई यादव निवास बागडोल पठाएका छन् । ओलीका तर्फबाट उनका स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी बागडोल पुगेका हुन् । पूर्व राष्ट्रपति यादबलाई मंगलबार भेटी भण्डारीले उनको आवास व्यबस्थापन लगायतका समस्याबारे जानकारी लिएका थिए । त्यसक्रममा पूर्व राष्ट्रपतिले विजुली, खानेपानी, पर्खाल, सुरक्षाकर्मीको आवास लगायतका समस्याबारे स्वकीय सचिवमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । बागडोलबाट फर्केर भण्डारीले पूर्व राष्ट्रपतिले राखेको समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । प्रधानमन्त्रीले तत्काल पूर्व राष्ट्रपतिको आवसमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएको प्रेस संयोजक प्रमोद दाहालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप