सरकार फेरिँदैन, कांग्रेस–मधेसवादी दललाई ढोका खुला : मन्त्री पौडेल
बुटवल - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार अहिलेको व्यवस्थापिका–संसद्को अन्तिम सरकार हुने बताएका छन् ।
उनले सरकारको फेरबदल संसद्को बहुमतले मात्र सम्भव हुने भएकाले सरकारसँग पूर्ण बहुमत रहेकाले वर्तमान संसद्को यो अन्तिम सरकार हुने स्पष्ट पारे ।
नेपाली काँग्रेसलगायत मधेसवादी दल सरकारमा सहभागी हुन चाहे सरकारको गठबन्धन दल तयार रहेको बताउँदै मन्त्री पौडेलले सरकारको नेतृत्व भने नफेरिने दावी गरे ।
नेकपा एमाले रुपन्देही क्षेत्र नं ४ ले आज बुटवलमा आयोजना गरेको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेको अबको अभियान विकास निर्माण र आर्थिक उन्नति भएको बताए । उनले भने, “यो सरकार फेरिन्छ की, ढल्छ की भन्दा पनि सरकार रहुन्ञ्जेल राम्रो काम गरेर देखाउछौँ ।”
मन्त्री पौडेलले वर्तमान सरकार विकास आन्दोलनको अभियानका रुपमा अगाडि बढ्न चाहेको बताउँदै सरकारले अगाडि सारेका कतिपय आयोजना महत्वकांक्षी भए पनि पूरा गरेरै छाडिने बताए । उनले भने, “यो सरकारले कसैले पनि गर्न नसकेका कठिन र महत्वकांक्षी विकास निर्माणको आयोजना अगाडि बढाएको छ, तिनलाई पूरा गरेररै छाड्नेछौँ ।”
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण