चितवनका साजन छैठौँ ‘बिग आइकन’
विजेता बनेसँगै साजनले आफुलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र स्रोतालाई धन्यवाद दिए । विजेता बन्न आफ्नो लागि ठुलो उपलब्धि भएको बताउँदै बिग आइकन जस्तो ठुलो मञ्च प्रदान गर्ने बिग एफएम प्रति उनले श्रद्धा व्यक्त गरे । साथै नेपाली साँगीतिक क्षेत्र आफुले अझै धेरै गर्नु बाँकि रहेको भन्दै बिग आइकनको साख जोगाउन हरप्रकारको प्रयत्न आफुले गर्ने उनले उद्घोष गरे ।
स्थानियस्तरमा हुने विभिन्न साँगीतिक कार्यक्रममा गीत गाउँदै आएका साजनले गोरखाको एक जना फेसबुक साथीमार्फत बिग आइकनको बारेमा थाहा पाएका थिए । त्यसपश्चात उनी पोखरा आएर बिग आइकनको फाराम भरेका थिए । करिब साढे २ महिना चलेको बिग आइकनको अडिसनमा उनी पोखरा आएर आफन्तसँग बसेका थिए ।
त्यस्तै बिग आइकनको फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ बनिन् । टाईटलसँगै उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । अम्बिका पुन सेकेन्ड रनरअप भएर ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् भने थर्ड रनरअप हुँदै सृजनाचोककी सृजना गुरुङले २५ हजार रुपैयाँ जितिन् ।
बिग आइकनको प्रमुख अतिथिको रुपमा कार्यक्रममा आएकी अभिनेत्री करिश्मा मानन्धरले साँगीतिक प्रतिभाहरुको लागि यति वृहत मञ्च खडा गरिदिएकोमा बिग एफएमलाई धन्यबाद दिईन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण