कोषाध्यक्षमा चित्रलेखालाई ८ भोटले हराउँदै सितादेबी विजयी
मङ्गलबार, २५ फागुन २०७२, १८ : ४१
काठमाडौं – चित्रलेखा यादवलाई ९ भोटले हराउँदै सितादेबी यादव कांग्रेसको कोषाध्यक्ष पदमा विजयी भएकी छन् ।
सितादेबीले १२१७ मत ल्याउँदा चित्रलेखा १२०९ मतमा सीमित भइन् । एकैजिल्लाका उनीहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलबाट चुनावी मैदानमा थिए । चित्रलेदा देउवा प्यानलबाट कोषाध्यक्षकी चुनाव लडेकी हुन् भने सितादेबी पौडेल प्यानलबाट ।
यस्तै अरु प्रतिष्पर्धी उमाकान्त चौधरीले ४५७ मत ल्याए भने कृष्ण कार्कीले ६६ मत ल्याए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण