शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

देउवा : आफू जिते, प्यानल जिताउन सकेनन्

मङ्गलबार, २५ फागुन २०७२, २० : ४४
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं– सोमबार मध्यरात राष्ट्रिय सभागृहबाट नेपाली कांग्रेसको नयाँ सभापति घोषणा हुँदा सानेपामा महामन्त्री र कोशाध्यक्षको मतपेटिका त्यत्तिकै थन्किएका थिए ।

जब निर्वाचन समितिले सभापतिमा शेरबहादुर देउवालाई नयाँ सभापतिको घोषणा गर्यो त्यतिबेला कतिपयले आंकलन गरेका थिए,‘अब महामन्त्री र कोषध्यक्षमा पनि देउवा पक्ष आउन सक्छन् ।’ तर, सो अनुमान विपरित कांग्रेसको महामन्त्री र कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल पक्षले बाजी मारेको छ ।

कोषध्यक्षमा पौडेल प्यानलकी सितादेबी यादवले झिनो मत अन्तरले विजयी हासिल गरेपनि महामन्त्रीमा भने शशांक कोइरालाले भारी मतका साथ विजयी हासिल गरे ।

सानेपास्थित कांग्रेस पार्टी कार्यलयमा मंगलबार साँझ सम्पन्न मतगणनाअनुसार महामन्त्रीमा शशांक कोइराला १४१७ मत ल्याएर विजयी भए । यस्तै निकतटम् प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १०१७ भोट ल्याए भने गगन थापा ५८४ भोट ल्याएर तेस्रो भए । कोषध्यक्षमा सितादेबीले १२१७ मत ल्याउँदा चित्रलेखा १२०९ मतमा सीमित भइन् । यस्तै उमाकान्त चौधरीले ४५७ मत ल्याए भने कृष्ण कार्कीले ६६ मत ल्याए ।

तर सभापतिको निर्वाचनमा भने देउवाले अप्रत्यासित रुपमा पौडेललाई भारी मतले हराएका थिए । पहिलो निर्वाचनमा ११ मतले निर्वाचित हुनबाट चुकेका उनले दोस्रो चरणको निर्वाचनमा १८२२ मतका साथ विजयी हासिल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप