शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१८ घण्टामा फेरिएको विजय उत्सव : सभागृहमा देउवा हाइहाई, सानेपामा संस्थापन

मङ्गलबार, २५ फागुन २०७२, १९ : २३
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेसन अन्तर्गत पदाधिकारीको निर्वाचन परिणाममा लगभग १८ घण्टाको अन्तरालमा आकाश-जमिनको फरक देखिएको छ । सोमबार मध्यरात, झण्डै मंगलबार बिहान भइसक्दा भृकुटीमण्डपमा रहेको सभागृह हलमा सभापति पदमा शेरबहादुर देउवा विजयी बन्दा उनी पक्षधर नेता तथा कार्यकर्ता विजय उत्सव गरिरहेका थिए । ‘देउवा दाई, हाइहाइ’ भन्दै निद्राको पर्वाह नगरी उनीहरु सडकमा उफ्रिरहेका थिए ।

तर, देउवाको विजय उत्सव मनाएको एक दिन पनि नबित्दै मतगणना सभागृहबाट सानेपा सर्दा समिकरण ठीक उल्टो बनेको छ । देउवाले ठूलो अन्तरले संस्थापन पक्षका सभापति पदका उम्मेद्वार रामचन्द्र पौडेललाई पराजित गरेपछि पदाधिकारीको अन्य पदमा पनि त्यस्तै परिणाम आउने आँकलन गरिएको थियो ।

तर, निवार्चन भएको अन्य दुई पदाधिकारी पदमा देउवा पराजित प्यानल बनेका छन् । महामन्त्रीमा संस्थापन पक्षबाट शशांक कोइराला विजयी बने भने कोषाध्यक्षमा सीतादेवी यादव विजयी बनिन् । कोइराला र यादवको जितसँगै सानेपामा संस्थापन पक्षधर कार्यकर्ताहरुले विजय उत्सव मनाएका छन् ।

महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ज्वाइँ–ससुरा जोडी गगन थापा र अर्जुन नरसिंह केसी पराजित भए भने कोषाध्यक्षमा उमाकान्त चौधरी, कृष्ण कार्की र चित्रलेखा यादव पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप