शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

११ वर्ष जेठा ब्वाइफ्रेन्डसँग बिहे गर्दैै कपिलकी अनस्क्रिन श्रीमती

मङ्गलबार, २५ फागुन २०७२, १९ : ४०
मङ्गलबार, २५ फागुन २०७२
मुम्बई – टेलिभिजनमा कपिल शर्माको भूमिका देखिने सुमोन चक्रवर्तीले छिट्टै नै वास्तविक जीवनमा विवाह गर्दैछिन् । सञ्चारमाध्यममा आएको खबरअनुसार २९ वर्षकी सुमोनाले प्रेमी सम्राट मुखर्जीसँग विहे गर्दैछिन् । अहिलेसम्म उनले यस विषयमा केही बोलेकी छैनन् । ११ वर्ष जेठा छन् सम्राट मिडिया रिर्पोटका अनुसार सम्राट ४० वर्षका भए । उनीभन्दा सुमोना ११ वर्षले कान्छी छिन् । केही महिनाअघिदेखी दुबै नजिक भएका थिए । आशुतोष गोवारिकरको फिल्म ‘ खेल हम जी जान से’ सम्राटले अभिनय गरेको चलचित्र हो । अहिले सम्राट बंगाली सिनेमामा व्यस्त छन् । उनले ‘भाई भाई’ र ‘सिकन्दर सडकका’ जस्ता चलचित्रमा समेत अभिनय गरेका छन् । कमेडी नाइट्समा कपिलकी श्रीमती बनेकी थिइन् सुमोना सुमोना चक्रवर्तीले कमेडी नाइट्स विद कपिलमा कपिल शर्माकी श्रीमतीको भूमिका निभाएकी थिइन् । मुम्बईमा बस्दै आएकी सुमोना उत्तर प्रदेशकी हुन् । उनले सन् १९९९ मा आमिर खान, अनिल कपुर र मनिष कोइरालासँगै ‘मन’ चलचित्रमा बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् । यतिबेला सुमोना ६ कक्षामा पढ्दै थिइन् र उनको उमेर केवल १२ वर्षको थियो । यसबाहेक उनले थुप्रै टेलिसिरियलमा समेत अभिनय गरेकी छिन् । उनी अभिनयसँगसँगै मोडलिङमा पनि जमेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप