शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नग्न भिडियो सार्वजनिक भएपछि टेलिभिजन प्रस्तोतालाई ५५ मिलियन डलर क्षतिपूर्ती

मङ्गलबार, २५ फागुन २०७२, २० : १९
मङ्गलबार, २५ फागुन २०७२

न्युयोर्क – चर्चित टेलिभिजन प्रस्तोता इरिन एन्ड्रियूजलाई ५५ मिलियन अमेरिकी डलर क्षतिपुर्ति स्वरुप दिनका लागि सोमबार अदालतले निर्देशन दिएको छ । यसअघि होटलमा बसेका बेला एक व्यक्तिले लुकेर उनको नग्न भिडियो खिचेका थिए भने होटल मालिक र खिच्ने व्यक्तिले त्यसलाई सार्वजनिक गरेका थिए । त्यसपछि उनी न्यायका लागि अदालत गरेकी थिइन् । सोमबार दिनभर भएको सुनुवाईपछि अदालतले ५१ प्रतिशत पैसा भिडियो खिच्ने व्यक्तिले तथा बाँकी पैसा दुई होटलले मिलेर तिर्नुपर्ने फैसला सुनाएको छ । एन्ड्रियूज फक्स स्पोर्टस्की रिर्पोटर तथा टेलिभिजन शो ‘डान्सिङ विथ द स्टार्स’ की कार्यक्रम सञ्चालक हुन् । अदालतको फैसलापछि उनी खुसीले रोएकी थिइन् । उनले आफ्नो परिवार, वकिल र साथीसँग फैसलापछि भावुक हुदैँ अंकमाल गरिन् । एन्ड्रियूजले अदालतमा आफ्नो बयान दिदैँ आफ्नो अपमान भएको, लाजमर्दो अवस्था सिर्जना गरिएको र भिडियोका कारण डिप्रेसन समेत भएको बताएकी थिइन् । उनले संसारका दशौं लाखले यो भिडियो अनलाईनमार्फत हेरेको भन्दै क्षतिपुर्ति स्वरुप ७५ मिलियन डलर मागेकी थिइन् । उनका अभिभावकले पनि जुरीलाई यस भिडियोपछि आफ्नी छोरीलाई परेको पिडाका विषयमा सुनाएका थिए । यसअघि भिडियो कहाँ खिचियो र कसले खिच्यो भन्ने सम्बन्धमा कुनै जानकारी इरिनलाई थिएन । तर पछि एफबिआईले अनुसन्धानबाट माइकल डेभिड ब्यारेटले यो भिडियो नासभिल्ली र कोलम्बसमा खिचेको तथा यसलाई अनलाईनमा अपलोड गरिएको पत्ता लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप