शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संविधानमा महिला सहभागिताको प्रस्ताव आउँदा केहीले आनाकानी गरे – नेम्वाङ

मङ्गलबार, २५ फागुन २०७२, १७ : ३३
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौँ - नेकपा एमालेका नेता सुवास नेम्वाङले नेपालको संविधानले सबै वर्ग, जाति तथा समुदायको हित सुरक्षित गरेको र यो सकारात्मक विभेदको सिद्धान्तमा आधारित रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेका कार्यक्रममा उनले धेरै सङ्घर्षपछि महिला अधिकार अहिलेको अवस्थामा सुरक्षित गर्न सकिएको स्मरण गराए । तेत्तीस प्रतिशत महिला सहभागिताको प्रस्ताव आउँदा केहीले त्यसमा आनाकानी गरेको पूर्वसभामुख नेम्वाङले बताए । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल, शिक्षाविद् भोजबहादुर शाह, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारलगायतले हरेक राजनीतिक पार्टीले आ–आफ्नो पार्टीभित्र महिला सहभागिता बढाउन जोड दिएका थिए । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले महिलामाथि हुने विभेद हटाउन नारी र पुरुषको सहकार्य आवश्यक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप