पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु
बुधबार, २६ फागुन २०७२, ०८ : २५
लागोस–नाइजेरियाको लागोस शहर स्थित एक पाँचतले भवन मङ्गलबार भत्किँदा भवनभित्र रहेका छ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीले बताएका छन् ।
भत्केको भग्नावशेषबाट छ जना मृत शरीरको उद्धार गरिएको छ भने छ जनालाई जीवित्तै उद्धार गरिएको नाइजेरियाको राज्य सञ्चालित राष्ट्रिय सङ्कटकालीन व्यवस्था संस्थाका इब्राहिम फारिन्लोयले बताए ।
भग्नावशेषभित्र फसेका अन्य मानिसको उद्धारका लागि टोलीद्वारा खोजी कार्य भइरहेको छ ।
भग्नावशेषभित्र मानिसहरुका चित्कार तथा उद्धारका लागि अनुरोध गर्दै गरेका स्वरहरु सुनिएपछि यहाँको प्रशासनले उद्धारका लागि थप सहयोग त्यहाँ पठाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण