एसिडी बैठकमा भाग लिन उपप्रधानमन्त्री थापा थाइल्याण्ड प्रस्थान
काठमाडौँ–एसियाली मुलुकको साझा क्षेत्रीय मञ्च एसिया कोअपरेसन डाइलग (एसिडी)को १४औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा आज थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरे ।
एसिडीका अध्यक्ष एवम् थाइल्यान्डका विदेशमन्त्री डन प्रामुड्युनेइको निमन्त्रणामा उपप्रधानमन्त्री थापा उक्त बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
परराष्ट्रमन्त्री थापाले एसिडी अतिथि अध्यक्षका रुपमा बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार र बिहीबार हुने उक्त बैठकले नेपालको सदस्यता अनुमोदन गर्ने प्रायः निश्चित भएको छ । बैठकले नेपालको सदस्यता अनुमोदन गरेमा नेपाल एसिडीको ३३औँ सदस्य हुनेछ ।
सहयोगका सबै क्षेत्रमा एसियाली मुलुकबीच पारस्परिक निर्भरता प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले १४ वर्षअघि एसिडी थाइल्यान्डमा स्थापना भएको हो । एसियाली मुलुकमा व्यापार तथा वित्त बजार विस्तार, विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता वृद्धि गर्दै एसिया महादेशलाई एसियाली समुदायमा रुपान्तरण गर्नु एसिडीको अर्को उद्देश्य हो । हाल उक्त क्षेत्रीय मञ्चमा एसियाका ३३ मुलुक सदस्य छन् ।
एसिडी बैठकमा मन्त्री थापाका साथ परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, उक्त दूतावासका नियोग उपप्रमुख जङ्गबहादुर गुरुङ र परराष्ट्र मन्त्रालयका उपसचिवद्वय भरतकुमार रेग्मी र द्रुपदा सापकोटाले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल रमेश खनाल, सहसचिवद्वय ताराप्रसाद पोखरेल र दुर्गाबहादुर क्षेत्रीले बिदाइ गरे ।
उपप्रधानमन्त्री थापा सोही दिन बैंककबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । आर्ट अफ लिभिङ इन्टरनेसनल सेन्टरले त्यहाँ आयोजना गर्ने विश्व सांस्कृतिक महोत्सवमा सम्मानित अतिथिका रुपमा उहाँले भाग लिने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपप्रधानमन्त्री थापा शनिबार स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण