शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाँचहजार भन्दा बढीले नदीको फोहोर पानी खाना बाध्य

बुधबार, २६ फागुन २०७२, १४ : १३
बुधबार, २६ फागुन २०७२

जाजरकोट – यहाँका पाँच हजार भन्दा वढी घरधुरीले नदिको पानी खाना बाध्य भएको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जनाएको छ । खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले दिएको जानकारी अनुसार नदिको पानी पिउनेको संख्या ५ हजार २ सय ९२ घरधुरी रहेको छ । त्यस्तै मुहान नजिकै नाउलोमा पानी खानेको संख्या १५ सय ८० रहेको छ भने आकाशे पानी खाने परिवारको संख्या १५ र ढुंगेधारामा ४९ परिवारले पानी खाने गरेका छन् । २८ सय ४४ परिवारले मात्र घरमै खानेपानी खाने गरेका छन् । भने बाँकी २४ हजार ३ सय ११ परिवारले वाहिरबाट आधा घण्टादेखि एक घण्टासम्म पानी बोकेर खाने गरेको खोपानी तथा सरसफाई सव–डिभिजन कार्यालयका प्रमुख महेशी महतोले जानकारी दिए । जटिल भुभाग, पातलो वस्तीका कारण खानेपानी पुर्याउन समस्या भएको छ ।

जिल्लामा पानीका कारण लाग्ने रोगहरु जिल्ला स्वास्थ्य कार्यालले दिएको जानकारी अनुसार फोहोर पानीका कारण जिल्लाका अधिकांश स्थानीयहरु विरामी हुने गरेका छन् । खासगरी लुत्तो, निमोनिय, टाईफाईट, झाडापखाला, छालामा लाग्ने रोगहरु, स्वासप्रस्वास सम्वन्धि समस्याहरु, पिसावको संक्रमण, भाईरल ज्वारो, दम मुख्य लाग्ने गरेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा यी रोगका विरामीहरुको संख्या ठूलो रहेको छ ।

पानीको गुणस्तर जाँच नहुनु खानेपानीको योजना सञ्चालन गर्दा पानीको गुणस्तर तथा आयोजना निर्माण पुर्व, आयोजना निर्माण अवधी र आयोजना निर्माण पस्चात नियमित जाँच नहुँदा समस्या आएको छ । पानीको गुणस्तर जाँच गर्ने सरोकारवाला निकायबीच समन्वय नहुँदा यस्तो समस्या आएको हो । खानेपानीको गुणस्तर परिक्षण गर्न आवश्यक पर्ने कडापन, पीएच, कोलीफर्म, टर्रविटीडी र कलर नहँुदा यस्तो समस्या आएको छ । खानेपानी शुद्ध गर्ने सम्वन्धी सर्चेतता पूर्ण तालिम गोष्ठी नभएका कारण पनि उपभोक्ता सचेत बन्न समस्या भएको हो ।

खानेपानी तथा सरसफाईमा यस्ता छन् चुनौतीहरु जिल्लालाई खुल्ला दिशा मुक्त गर्नका लागि छिटो गरी निर्माण भएका शौचालयहरु पानीको अभावमा प्रयोग विहिन बन्न पुगेको स्थानीयले बताएका छन् । खानीको पहुँच भएको स्थानका जनसाधारणहरुलाई शौचालय प्रयोग अहिले पनि बाध्यात्मक बन्नु सबैभन्दा जटिल समस्या वनेको छ । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेका ठाउँमा स्थानीयहरुको बानी व्यवहार परिवर्तन गर्नु निकै चुनौतिपूर्ण बनेको सरोकारवाला निकायको बुझाईरहेको छ । खुल्ला दिशा गर्दा सामाजिक रुपमा हुने हानीको विषयमा सचेत गराई आवश्यक सजाएको व्यवस्था नहुँदा यो समस्या बल्झिएको छ । खानेपानीको आयोजना निर्माण गर्दा देखिएका जैविक संक्रमण लाई अर्थात फोहोर वस्तुलाई पानीमा मिसीन नदिन आवश्यक योजना निर्माण नगरी योजना सम्पन्न गर्दा थप जटिलाता आएको छ । पानका मुहान संरक्षण तर्फ ध्यान नदिदा वर्षेनी पानीको स्रोत घट्दै जाँदा समस्या भएको छ । जनसंख्य वृद्धी हुने तर पानी स्रोत संरक्षणमा ध्यान नजाँदा खानेपानीको समस्या चलिदै गएको देख्न पाईन्छ । विद्यालयमा शौचालय,सार्वजानिक स्थानमा शौचालन वनेपनि पानीको अभावमा अलपत्र हुने गरेका छन् ।

नितीगत समस्या स्थानीय निकायले खानेपानी तथा सरसफाईका क्षेत्रमा सन्तोषजनक बजेट विनियोजन गरेको पाईदैंन । जसका कारण वर्षेनी यो क्षेत्रमा जहाँका त्यही हुने गरेको बुद्धीजिवीको भनाई छ । सरोकारवालको समन्वयको अभावले गर्दा कुन क्षेत्र के समस्या कति छ भन्ने जानकारी नभएको पाइएको हो । सरसफाई फोहोर व्यवस्थापन, अनुगमण मुल्याकन, संयन्त्र नहुँदा समस्या जहाँको त्यहीँ रहेको छ । खास गरी व्यक्तिगत समस्या, सामाजिक समस्या, वातावरणीय समस्या, नितीगत समस्याले गर्दा खानेपानी र सरसफाइका विषयमा प्रगती हुन नसकेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप