दल खारेजी विरुद्ध मन्त्री सिंह सर्वोच्च जाने
बुधबार, २६ फागुन २०७२, १७ : ०६
काठमाडौँ–खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले निर्वाचन आयोगले कुनै पनि दल खारेज गर्न नसक्ने बताएका छन् ।
यहाँ आज आयोजित पत्रकारसम्मेलनमा मन्त्री सिंहले आफ्नो पार्टी खारेजीका गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालत जाने बताए ।
भूकम्प तथा नाकाबन्दीका कारण पार्टीले आयेगलाई आवश्यक पत्र समयमै बुझाउन नसकेको स्वीकार्दै समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका मन्त्री सिंहले पार्टी खारेज गर्ने निर्णय संविधान प्रतिकूल रहेको बताए ।
निर्वाचन आयोगले गत शुक्रबार गरेको निर्णयअनुसार लगातार तीन आर्थिक वर्षको आयव्यय विवरणको वार्षिक प्रतिवेदन र त्यस सम्बन्धमा निर्धारित समयमा आफ्ना भनाइ पेस नगर्ने समाजवादी जनता पार्टीलगायत १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको थियो ।
मन्त्री सिंहले लोकतान्त्रिक प्रणालीमा दललाई खोरेज गर्न कसैले पनि नसक्ने दावी गर्दै निर्वाचन आयोगले राजनीतिक दलका गतिविधिमा निगरानी, सचेत र कारबाही भने गर्न सक्ने विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण