शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लागू औषधका तस्करद्वारा चार प्रहरी मारिए

बुधबार, २६ फागुन २०७२, १७ : २७
बुधबार, २६ फागुन २०७२

वेलिङ्गटन– न्युजिल्यान्ड सुरक्षाकर्मीले लागूऔषध जारी राखेको कारबाहीको क्रममा बुधबार चार सुरक्षाकर्मी मारिएका छन् ।

न्युजिल्यान्ड सुरक्षास्रोतले सो जानकारी दिएको छ । यस घटनामा अन्य चार सुरक्षाअधिकारी गम्भीर घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर भएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०६ बजेबाट ती तस्करलाई प्रहरीले घेरामा हाली कारबाही थालेको थियो । त्यसक्रममा उनीहरुबाटै चलेको गोली लागी ती तस्कर मारिएका हुन् ।

उत्तरी द्वीप सहर कवेरुगमा लागू औषध तस्ककरीमा सम्लग्न ठूलो सङ्ख्याको गिरोहलाई कब्जामा लिने प्रयत्न प्रहरीले गरेको थियो । तर प्रहरीमाथि नै उनीहरुले गोली चलाएका थिए । दुई बर्षअघि मात्र पनि दक्षिणी द्वीप सहर अरामोआनामा मानसिकरुपमा कमजोर एक व्यक्तिले चलाएको गोलीबाट १३ व्यक्तिको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप