शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मोनिकालाई सुपर मोडलको ताज

बुधबार, २६ फागुन २०७२, १७ : ३३
बुधबार, २६ फागुन २०७२

विराटनगर– मिस पूर्वेली सुपर मोडल भब्यताको साथ मंगलबार साँझ सम्पन्न भएको छ । ए – वान इन्टरटेन्डमेन्टको आयोजनामा गरेको पूर्वेली सुपर मोडलको ताज झापाकी मोनिका लिम्बुले आफो शिरमा पहिरीन सफल भइन् ।

उनले टिभियस कम्पनीको स्कुटी र गिफट ह्याम्पर प्राप्त गर्नुको साथै वेस्ट क्याटवाको उपाधिसमेत आफनो पोल्टामा पारीन् । विजता भएसँगै लिम्बु मोडलिङ क्षेत्रमा सक्रिय रुपमा लागि पर्ने बताएकी छिन ।

पतियोगिताको फस्ट रनरअफ विराटनगरकी असिमा चापागाई भइन भने सेकेन्ड रनरअफ विराटनगरकै काजल कर्ण भएकी छिन् । प्रतियोगिताको मिस ट्यालेन्ट प्रियङका सोहनी घोषित भइन भने मिस फोटोजेनिक पूजा बुढाथोकी, मिस पपुलर नितिसा खड्का, मिस डिसिपिलेन सिमरन ठाकुरी, मिस स्मायल लोचन सुवेदी, मिस हियर सेलिना साह, मिस पर्सनालिटी आस्ना कोइराला भएकी थिइन । प्रतियोगिताको बिच– विचमा स्थानिय डान्स सेन्टरका कलाकार र गायकहरुले गीत गाएर थप मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगिताको निर्णयकहरु नायक जिवन लुईटेल, नायिका वर्षा राउत, साहित्यकार गंगा सुवेदीलगायत रहनुभएको थियो । विजेताहरुहरुलाई कार्यक्रममा प्रमुख अतिथि उद्ययोगी सुरेन्द्र गोल्सा, ए – वान इन्टरटेन्डमेन्टका निर्देशक निराजन लुईटेलललगायले पुरस्कार वितरण गर्नुभएको थियो । गत वर्षको विजेता विराटनगरकी सुम्निामा सापुङ्ग भएको आयोजक समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप