उपभोक्ता समितिले ठेक्का लगाउँदा गुणस्तरहिन काम
उदयपुर– ‘हामी यहाँ जिल्लाका सबै कार्यालय प्रमुख र राजनैतिक दलका प्रतिनिधि छौँ । तर, मैले एउटा वस्तु ल्याएको छु यसको नाम के हो ?’ जिल्ला विकास समितिको कार्यालय उदयपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम चलिरहँदा राप्रपाका नेता यकबहादुर कार्कीले आफूले बोकेको झोलाबाट दुईवटा वस्तु झिकेर टेवलमा राखेर प्रश्न गरे । ‘मेरो अगाडिको चिज एक निर्माण योजनामा प्रयोग भएको वस्तु हो, यो तर मैले चिन्न सकिन् । यहाँ उपभोक्ता समितिका पदाधिकारी, इन्जिनियर र कार्यालय प्रमुखहरु हुनुहुन्छ मलाई यस वस्तुको नाम भनिदिनुपर्यो ?’
चैतको अन्तिम साता विकास योजनाको गुनासो सुन्न आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा एकाएक सन्नटा छायो । कार्यालय प्रमुख र इन्जिनियरहरु मुखामुख गर्न थाले ।
पछि बुझ्दा कार्कीले ल्याएको वस्तु त्रियुगा नगरपालिका–१ स्थित बाँसबारी त्रियुगा सडक नाला निर्माणमा प्रयोग गरिएको ढुङ्गा रहेछ ।
सार्वजनिक सुनुवाईमा नै नाला निर्माणको गुणस्तरको प्रश्न उठेपछि जिल्लाका संचारकर्मी स्थलगत निरिक्षणमा पुग्दा योजनामा व्यापक अनियमिता भएको गुनासो उपभोक्ताहरुले गरे । सदरमुकाम गाईघाटस्थित आँखा अस्पताल नजिक निर्माण भएको सडकनाली निर्माणमा कम गुणस्तरको निर्माण सामाग्री प्रयोग गरेकाले स्थानीयवासीले छानविन गरि कारबाहीको माग गरेका छन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गाईघाटले निर्माण गर्न लगाएको सो नालीमा कम गुणस्तरको ढुंगा, बालुवा र गिट्टी प्रयोग गरेकाले त्यसको गुणस्तर चेक गरि छानबिन गर्न उपभोक्ताहरुले माग गरेको हुन् ।
कार्यालयले २ सय ६७ मिटर सडक नाला निर्माण गर्न स्थानीय उपभोक्ता समितिलाई दिएको भएता पनि समितिले कामको जिम्मा स्थानीय ठेकेदारलाई दिएको थियो । डिभिजन कार्यालयका प्राविधिकको मिलेमतोमा उपभोक्ता समितिमार्फत ठेकेदारलाई जिम्मा दिई गुणस्तरहीन काम गरेको स्थानीयबासी प्रेम खड्काले जानकारी दिए । ‘सडक नालीमा २० सेन्टीमिटर थिग्नेस हुनुपर्नेमा १०÷१२ सेन्टी मिटरमा मात्र रहेको छ’ खड्काले भने ।
उनका अनुसार नालीमा प्रयोग हुने ढुंगा गुणस्तरहिन माटोको डल्ला भएकाले पनि सम्बन्धित निकायले छानविन गरि दोषिलाई कारबाही गर्नुपर्नेमा जोड दिए । भवन डिभिजन कार्यालयको ६० लाखको लागतमा निर्माण भईरहेको बाँसबारी सडक नालीमा बरुवा खोलाको ढुंगा लगाउने भएपनि उपभोक्ता समिति र निर्माण व्यवसायीको मिलेमतोमा त्यहि निर्माण भईरहेको ३६ वटा ढुंगाका जाली फोरेर लगाएको यकबहादुर कार्कीले जानकारी दिए ।
सडकनाला निर्माण उपभोक्ता समितिका अध्यक्ष घमण्डराज बोहरा (कल्याण) का अनुसार समितिसँग नाला निर्माण गर्ने रकम नभएकाले स्थानीय निर्माण व्यवसायीलाई दिएको र त्यहि रहेको जाली भत्काएर लगाएको स्विकार गरे । उनले गुणस्तरहिन काम भएको बारेमा भने केही बोल्न चाहेनन् ।
जाली भत्काएर त्यसको ढुंगा प्रयोग गर्दा मात्र निर्माण व्यवसायीलाई १८ लाख रुपैयाँ फाईदा हुने स्थानीयबासीको आरोप रहेको छ । स्थानीयबासी जसी राईका अनुसार उपभोक्ता समितिले गर्नुपर्ने काम रातारात थाहै नदिई समिति निर्माण गरि निर्माण व्यवसायीलाई दिएको बताईन् ।
उनले भने बरुवा खोलाको ढुंगा लगाउने स्टमेट रहेकोमा जाली भत्काएर निस्केका ढुंगा प्रयोग गर्नुका साथ सरस्वती खोलाको गुणस्तरहिन माटो जस्तो ढुंगा प्रयोग गरेको जानकारी दिईन् ।
नाला निर्माण गर्नका लागि भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ढुंगा सिफारिस गरेको भएता पनि सो सिफारिसको ढुंगा भने अन्यत्र बिक्री गरेको स्थानीयबासीको आरोप रहेको छ ।
योजना गुणस्तरहिन काम भएको सम्बन्धमा शहरी भवन डिभिजन कार्यालय गाईघाटका निमित्त डिभिजन प्रमुख ब्रहमदेव चौधरीले जिविसले नदिजन्य पदार्थ उत्खन्नमा रोक लगाएकाले पनि केहि कम गुणस्तर भएको हो ।
डिभिजन प्रमुख चौधरीका अनुसार त्यहाँ रहेको जालीको ढुंगा प्रयोग गर्न भनि समितिलाई नभनेकाले त्यसरी ३६ वटा जालीको ढुंगा प्रयोग गरेको पाईएमा कारबाही गर्ने बताए । उनले समिति वा निर्माण ब्यवसायीले सार्वजनिक जालीको ढुंगा प्रयोग गरे नगरे हेरिने र प्रयोग गरेको पाए योजनाको रकम घट्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण