शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पतालको श्यया शुल्कमा मनपरि

सोमबार, ०६ वैशाख २०७३, ०८ : २४
सोमबार, ०६ वैशाख २०७३

मोरङ– मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरुपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् ।

नियमनकारी निकायले पर्याप्त चासो नदिँदा विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुल्क लिने गरेको सेवाग्राही सुभाष कामतले गुनासो गरे ।

न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको रु ८०० देखि २ हजारसम्म शुल्क लिने गरेको छ ।

सो अस्पतालले सामान्य क्याबिनको रु तीन हजार, डिलक्सको रु चार हजार र आइसियुको दैनिक रु छ हजार श्यया शुल्क लिने गरेको छ ।

त्यस्तै विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २५०, डिलक्स रु दुई हजार ७७५ र सुपर डिलक्सको नाममा रु तीन हजार ८८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै आइसियुको रु छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको रु एक हजार ५० देखि २ हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा रु सात हजार शुल्क लिने गरेको छ । त्यस्तै लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क रु एक हजार, डिलक्स रु तीन हजार र आइसियुमा रु छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको रु ३५० देखि एक हजार, आइसियु रु तीन हजार ५०० र एनआइसियुको रु चार हजार ५०० लिने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु योङ्देनले निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताए । उनले भने, “शुल्क समायोजनका लागि पटकपटक आग्रह गरेका छौँ तर अस्पताल सञ्चालकले चासो दिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप