शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ०६ वैशाख २०७३, ०९ : ००
सोमबार, ०६ वैशाख २०७३

झापा– पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुमको चुहानडाँडाका ३० वर्षीय जीतबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडस्थित कञ्चनजङ्घा हस्पिटल नजिकै बा३ख ४७५५ नम्बरको बसले मे५प ८२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी हस्पिटल पु¥याइए पनि उनको उपचारकै क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप