शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कञ्चनपुरको बंकदेखि डडेल्धुराको बुडरसम्मको ट्र्याक खोल्ने कार्य सुरु

सोमबार, ०६ वैशाख २०७३, ११ : ४०
सोमबार, ०६ वैशाख २०७३

कञ्चनपुर - सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने कञ्चनपुरको बंकदेखि डडेल्धुराको बुडरसम्मको सडक निर्माण कार्य सुरु भएको छ ।

कञ्चनपुरबाट डडेल्धुरा चार घन्टामै पुग्ने छोटो सडकको ट्र्याक खोल्ने कार्य सुरु गरिएको हो । दुई वर्षभित्र पूरै सडकको ट्र्याक खोली सक्ने गरी काम सुरु भएको पूर्व मन्त्री नारायणप्रकाश साउदले बताए । सडक निर्माणका लागि रु १० करोडमा ठेक्का दिइएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साउदले भने, “चालु आवमै सो सडकको ओदाली खोला र खार खोलामा पक्की पुल निर्माण अगाडि बढाई सकेको छ ।” सो सडकको लम्बाइ २५ किमी रहेको छ ।

यसैगरी, कलुवापुर बेलौरी राजमार्ग कालोपत्रे गर्ने कार्य चालु आवदेखि सुरु हुने उहाँले जानकारी दिए । कालोपत्रेका लागि रु ३८ करोडको बजेट अनुमान गरिएको जानकारी दिँदै नेता साउदले भने – “बहुवर्षीय ठेक्का लगाएर सडक कालोपत्रे कार्य सुरु हुन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप