शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीसँग महानिर्देशक बोकोभाको भेट : सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा सघाउने वचन

सोमबार, ०६ वैशाख २०७३, १२ : २३
सोमबार, ०६ वैशाख २०७३

काठमाडौँ - नेपाल भ्रमणमा रहेकी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)का महानिर्देशक इरिना बोकोभाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरिन् ।

भेटमा बोकोभाले नेपालमा लोकतान्त्रिक संविधान जारी भएकोमा स्वागत गर्दै सरकार आफ्ना प्रतिबद्धताका आधारमा अघि बढ्न सकोस् भनी शुभकामना दिँदै भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा सघाउने वचन दिइन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालका अनुसार बोकाभले दूरदराजसम्म शिक्षाको पहुँच बढाउन तथा महिला एवम् बालिका शिक्षाका लागि थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले युनेस्कोको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै बोकोभाको महानिर्देशक पदमा दोस्रो कार्यकाल सुरु भएकामा सफलताका कामना पनि गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप